![]() |
|
![]() | |
|
सेवाहरु नेपाली राजदूतावास
सिओल राजदूतावासबाट प्रदान गरिने सेवाहरु र सो को लागि आबश्यक पर्ने कागजात १. राहदानीः गणतन्त्र कोरियामा बिभिन्न व्यबसायमा बसोवास गरी रहनु भएका नेपाली नागरिकहरुको राहदानीको म्याद छ महिनाभन्दा कम भएमा वा म्याद सकिएमा आबश्यक कागजातहरु तथा तोकिएको शुल्क राजदुतावासमा बुझाएपछि नयां नेपाली राहदानी जारी गरिने छ । सो को लागि निम्न कागजात आबश्यक पर्ने छ । (क) पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि (ख) नेपाली नागरिकताको प्रमाणपत्र तथा सो को प्रतिलिपि (ग) द्रुइप्रति राहदानी फारम भर्ने । (घ) “हालै खिचिएको ३५x४५ मिमि. र्साईजको २ प्रति तस्बीर” । साथै तस्बीर लिंदा कुनै गहना, वा टोपी लागाईएको हुन हुंदैन र तस्बीरको ८० प्रतिशत भाग मुहारले लिएको हुनु पर्दछ” (ड०) शुल्कः कारियन वोन १,८७,५०० (एक लाख सतासी हजार पांच सय) २. यात्रा अनुमति पत्रः कोरियामा रहेका कुनै नेपाली नागरिकको राहदानी हराएको वा नष्ट भएको र तुरुन्तै नेपाल फर्कन आबश्यक भएको कारण जनाई सम्बन्धित व्यक्तिले साधारण राहदानी प्राप्त गर्नको लागि आबश्यक पर्ने प्रकिया पुरा गरी राहदानी फारम समेत भरी यस राजदुतावासमा निवेदन दिएमा नियम बमोजिम यात्रा अनुमति पत्र जारी गर्न सकिने छ । (क) राहदानी हराएको वा नष्ट भएको प्रमाण सहित निवेदन (ख) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि (ग) द्रुइप्रति राहदानी फारम भर्ने । (घ) “हालै खिचिएको ३५x४५ मिमि. र्साईजको २ प्रति तस्बीर” । साथै तस्बीर लिंदा कुनै गहना, वा टोपी लागाईएको हुन हुंदैन र तस्बीरको ८० प्रतिशत भाग मुहारले लिएको हुनु पर्दछ” (ड०)शुल्कः कोरियन वन ५५,०००। ३. हराएको राहदानीको सट्टामा नयां राहदानी जारीः आफ्नो राहदानी हराएमा राहदानीको सम्पुर्ण् विवरण उल्लेख गरी नजिकको प्रहरी कार्यालयमा सूचना गरेपछि प्रहरी प्रतिवेदन सहित नयां राहदानी लिन चाहिने सम्पूर्ण् कागजात (कागजातको नामहरु नं १ मा उल्लेख गरिएको छ) राजदुतावासमा पेश गर्नु पर्ने छ । राजदुतावासले आबश्यक छानविन गरी हराएको राहदानीको सट्टामा नयां राजदानी जारी गर्न सक्ने छ । छानविनको निम्ति एक निश्चित अबधि तोकिने छ । ४. बच्चाको फोटो तथा विवरण आमा वा वावुको राहदानीमा समाबेश गर्नेः (क) आमा र वावु दुवैजनाको तर्फाट संयुक्त निवेदन (ख) वच्चाको जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा दुइप्रति पासपोर्ट साइजको फोटो । (ग) आमा वावुको विवाह दर्ता प्रमाणपत्र तथा राहदानीको प्रतिलिपि (घ) बच्चा समावेश गर्नु पर्ने आमा वा वावुको सक्कल राहदानी । (ड०)शुल्कः ३५००० कोरियन वन । ५. अधिकृत वारेसनामाः (क) अधिकृत वारेसनामा दिने व्यक्तिव्दारा व्यहोरा खुलाई निवेदन पेश गर्नु पर्ने छ । (ख) आफैं राजदुतावासमा उपस्थित भई नियोग प्रमुखको रोहवरमा अधिकृत वारेसनामामा सहीछाप गर्नु पर्ने छ । (ग) कानून बमोजिम दुइप्रति लिखत -अधिकृत वारेसनामा) (घ) अधिकृत वारेसनामा दिने र लिने दुवैको नागरिकताको प्रमाण पत्रको प्रतिलपि (ड०) अधिकृत वारेसनामा दिने र लिने दुवैको हालै खिचिएको दुई दुई प्रति फोटो (च) दुइजना किनारा सांक्षी बस्ने व्यक्ति तथा शुल्क कोरियन वन ३५०००। ६. कागजात प्रमाणीकरणः नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गरिएको कागजातहरु सम्बन्धितलाई आबश्यक परेमा यस राजदुतावासबाट प्रमाणीकरण गरिने छ । सो को लागि निम्नानुसार कागजात आबश्यक पर्नेछ । (क) के के कागजात प्रमाणीकरण गर्ने हो सो उल्लेख गरिएको निवेदन । (ख) प्रमाणीकरण गर्नु पर्ने परराष्ट्र मन्त्रालयबाट प्रमाणित हरेक कागजातको सक्कल तथा प्रतिलिपि । (ग) शुल्कः प्रति कागजात कोरियन वन ३५०००। ७. नागरिकता परित्यागः नेपाली नागरिकता परित्याग गर्न चाहने नेपाली नागरिकले आबश्यक निवेदन फारम भरी राजदुतावासमा पेश गर्नु पर्ने छ । राजदुतावासले आबश्यक प्रकृया पुरा गरी सो सम्बन्धमा जानकारी उपलव्ध गराउने छ । |
|
|
© Copyright 2008 | Embassy of Nepal in Seoul, Korea | All rights reserved | Developed by Yomari
Disclaimer: The Embassy is not responsible for contents of the external sites listed at the Embassy's website |